• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिगः टोटेनहमले वल्भ्सलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार साँझ भएको खेलमा टोटेनहमले वल्भ्सलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले खेलको दोस्रो हाफमा ६४ औं मिनेटमा गोल गरेका हुन् ।

यो गोलसँगै ह्यारी केनले प्रिमियर लिग इतिहासमै एकै क्लबबाट सर्वाधिक गोल (१८५) गर्ने रेकर्ड समेत राख्न सफल रहे । यसअघि यो किर्तिमानी अर्जेन्टिनी स्टार सर्जियो अग्वेरोको (१८४ गोल म्यान्चेस्टर सिटी) नाममा रहेको थियो ।

जितसँगै टोटेनहम यो समाचार तयार पार्दासम्म ३ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्स भने ३ खेलमा १ अंकमात्र जोड्दै १६ औं स्थानमा छ ।