२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरद्वारा राजीनामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् ।

आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले पदबाट राजीनामा दिएका हुन् ।

उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

खुल्ला प्रतिस्पर्धाबाट वाटमोर राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 

उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमको प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

पारिवारिक कारण देखाउदै ह्वाटमोरले राजीनामा दिएको बताइएको छ । 

ओमान भ्रमण लगत्तै ह्वाटमोर राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीबाट बाहिरिने भएका छन् ।