२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसुलाइ कालोमोसो दल्ने दुई विद्यार्थी नेतालाई एमालेद्वारा कारबाही



अ+ अ-

दाङ । नेकपा एमाले दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. विनोद सिंहमाथि  कालोमोसो  दल्ने  दुईजनालाई  साधारण सदस्य  समेत  नरहने  गरि कारबाही  गरेको छ ।  

शुक्रबार दिउँसो  पौने २ बजेतिर डा. सिंहमाथि कालोमासो दल्ने एमाले निकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई कारवाही  गरिएको हो । 

एमाले  दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले एक विज्ञप्ति जारी गरि डा. सिंहमाथि कालोमोसो  दल्ने कार्यप्रति निन्दा गर्दै कानुन वमोजिम कारवाहीको माग गरेका  छन् । 

संयोजक परियारकी श्रीमतीलाई टाइफाइडको उपचारका लागि विहीबार प्रादेशिक अस्पतालमा लगिएको रअस्पतालमा कल्चर चेकजाँचको सेवा नभएपछि  मेसु सिंहसँँग विवाद सिर्जना भएको थियो । डा.सिंहले  अस्पतालमा कल्चर सेवा नै नभएकाले त्यो सेवा प्रदान गर्न नसकिने बताएका थिए । त्यसपछि शुक्रबार ४/५ जना युवाहरुले कार्यकक्षमै आएर मोसो दलेर भागेका थिए  ।