९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने
अ अ+ अ-

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा पनि सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामाग्रीहरू वितरण गर्ने भएको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गर्न लागेको जानकारी दिएको हो ।

परिषदको सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९मा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।

प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले यो वर्षमात्रै नभएर विगत २७ वर्षदेखि नै परिषदले विद्यार्थी लक्षित शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको जनाए । विद्यार्थीहरु अध्ययन गर्ने मात्र नभएर भविष्यका देशका कर्णधार भएको पनि उनको भनाइ थियो । उनले निस्वार्थ रुपले विद्यार्थीहरुलाई सहयोग गर्ने परिषदको मुख्य उद्देश्य रहेको भन्दै भुकम्प र कोरोना पीडितलाई पनि सहयोग गरेको सुनाए । यो पटकको शैक्षिक सामाग्री वितरण १५औं पटक भएको उनले स्पष्ट पारे । उनले परिषदले हरेक वर्ष कुनै न कुनै सामाजिक कार्यमा सेवा गरिरहेको बताए ।

उनले भने,‘गत २०७२ सालमा गएको भुकम्प र कोरोना महामारीको समयमा काठमाडौंमा दैनिक रुपमा ४ हजार जनालाई भोजन खुवायौं । जहिले पनि रचनात्मक कृयाकलापहरु पछि पर्ने गर्छन् ।’ उनले विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि काम गर्ने परिषद एक मात्र अर्गनाइजेशन भएको दाबी गरे । नेपाल भारत सनातनकालदेखि छिमेकी देश हुन भन्दै उनले भारतले शैक्षिक क्षेत्रमा नेपाललाई धेरै ठुलो सहयोग गर्दै आएको बताए ।

पत्रकार सम्मेलनमा बौल्दै परिषद्का महासचिव चित्रराज न्यौपानेले नेपालका हिमाली भेगमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी व्याग कपी, पिक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू आगामी भदौ ५ गते बिहान ९ बजेदेखि वितरण गर्न लागेको जानकारी दिए । उक्त शैक्षिक सामग्री परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएकोसमेत उनले बताए ।

विद्यार्थीहरूमा नै राष्ट्रको भविष्य र वर्तमान निहित हुने भएको भन्दै उनले विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्नु सबैको दायित्व भएको टिप्पणी गरे । उनले विद्यार्थी परिषद्को यो सार्थक प्रयासमा आफुहरुलाई सबैले सहकार्य र समन्वय गर्नेमा छन् भन्ने अपेक्षा राखेको बताए । नैतिकवान् चरित्रवान् र संस्कारित युवा शक्ति नै राष्ट्रको मेरुदण्ड हो भन्दै परिषद् राजनीति भन्दा माथि रहेर कार्य गर्ने नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन भएको दाबी गरे । कार्यक्रममा विद्यार्थीहरुलाई वितरण गरिने पुस्तक, झोला, कपीलगायतका सामाग्री प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का मिडिया प्रमुख कृष्ण हुमागाईँले कार्यक्रमबारे जानकारी गराएका थिए । उनले परिषद् राष्ट्रका लागि संकल्पसहित सामाजिक अभियानमा पनि सक्रिय भएको जानकारी दिए । उनले विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व, आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले परिषद समाजसेवामा निरन्तर अघि बढीरहेको बताए । उनले भने,‘हिमाली जिल्लाका विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग होस् भनेर शैक्षिक सामाग्री वितरण गर्न लागेका छौै ।’

राष्ट्र प्रथम भावका साथ नैतिकवान् चरित्रवान् र संस्कारित युवा शक्ति ने राष्ट्रको मेरुदण्ड हो भन्ने विचार र चिन्तनको संवाहक प्राज्ञिक विद्यार्थी परिषद् नेपाल राष्ट्र पुनःनिर्माणको बहुआयमिक सन्दर्भमा शिक्षा क्षेत्रमा दलगत राजनीति भन्दा माथि रहेर कार्य गर्ने नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन हो ।

२०५२ सालमा स्थापना भई २०५४ सालमा विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएपछि परिषद्को कार्य निरन्तर देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२ क्याम्पस तथा विश्वविद्यालयहरूमा विस्तार हुँदै गयो । परिषद्ले विद्यार्थी, शिक्षक शिक्षाविदहरूलाई एउटै मञ्चमा ल्याएर सहकार्य गरी राष्ट्रलाई परम् वैभवको स्थितिमा पुयाउनका लागि समाजका हरेक अङ्गमा व्यक्ति असल, इमान्दार र चरित्रवान् हुन जरुरी छ भन्ने आवश्यकता एवं यथार्थ मान्यतालाई प्रष्ट पार्दै आइरहेको छ ।

अतः विद्यार्थीहरूलाई सक्रियरूपमा राष्ट्र निर्माणको कार्यमा समाहित हुन परिषद्ले प्रेरणा प्रदान गर्दै आइरहेको छ । शैक्षिक परिवारको सपनामा आधारित यस संगठनले रचनात्मक कार्यहरूका माध्यमबाट व्यक्तिको सर्वाङ्गीण विकास गर्दै विधीहरूको हक र हितका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दछ ।

जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्यूटर तालिम, कोचिङ कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर तथा सेवा कार्य तर्फ २०२७२ मा गएको विनाशकारी भुकम्पबाट प्रभावित जिल्लाहरूमा राहत तथा शैक्षिक सामग्री वितरण, कोरोना महामारीको समयमा देशभर सेवाकार्य सञ्चालन २०७० सालमा बाढी प्रभावित क्षेत्रमा राहत वितरण, रौतहटमा यादी प्रभावित र वारा तथा पर्सामा हावाहुरी प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण आदि यसका केही उदाहरण हुन् ।

यसै क्रममा परिषदको सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९ रहेकी छ जसमा हिमाली क्षेत्रका जिल्लाहरू सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गरिने छ ।

नेपालका हिमाली भेगमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी ११ वटा जिल्लाका कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार लागत मूल्य रहेको व्याग कपी पिक्स पुस्तक जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिने व्यहोरा जानकारी गराउदछौं ।

उक्त शैक्षिक सामग्री प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको हो विद्यार्थीहरूमा नै राष्ट्रको भविष्य र वर्तमान निहित हुने भएकाले विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्नु तपाई हामी सबैको दायित्व हो । विद्यार्थी परिषद्को यो सार्थक प्रयासमा यहाँहरू सबैको आवश्यक सहकार्य र समन्वय रहने छ भन्ने अपेक्षा गरेका छौं ।