२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा संस्थापन इतर समूह निरन्तर छलफलमा, पाउल त साझा उम्मेदवार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह निरन्तर छलफलमा जुटेको छ । आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि शनिबार पनि छलफलमा जुटेको हो । 

नेता प्रकाशमान सिंहको चाक्सीबारीमा पौडेल पक्ष समुहको बैठक चलिरहेको छ । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो ।

आउँदो महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्नु पर्ने दबाबमा संस्थापन इतर समूह छ ।

सभापतिको उम्मेदवार बन्न रामचन्द्र पौडेलसहित शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले इच्छा व्यक्त गरेका छन् । उनीहरु सबै एक ठाउँमा भेला भएर साझा उम्मेदवार बनाउने बारे छलफल गरिरहेका हुन् ।