१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा संस्थापन इतर समूह निरन्तर छलफलमा, पाउल त साझा उम्मेदवार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूह निरन्तर छलफलमा जुटेको छ । आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि शनिबार पनि छलफलमा जुटेको हो । 

नेता प्रकाशमान सिंहको चाक्सीबारीमा पौडेल पक्ष समुहको बैठक चलिरहेको छ । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो ।

आउँदो महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्नु पर्ने दबाबमा संस्थापन इतर समूह छ ।

सभापतिको उम्मेदवार बन्न रामचन्द्र पौडेलसहित शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले इच्छा व्यक्त गरेका छन् । उनीहरु सबै एक ठाउँमा भेला भएर साझा उम्मेदवार बनाउने बारे छलफल गरिरहेका हुन् ।