२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र पौडेलबिच देशभर एकैसाथ वडा अधिवेशन गर्ने भयो सहमती



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले देशभर एकैसाथ वडा अविधेशन गर्ने भएको छ । शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच देशभरका सवै वडाहरुमा एकैसाथ निर्वान गर्ने सहमती भएको हो ।

सभापती देउवा र पौडेलबिच सहमती भएसैगै संस्थापन इतर समुह शनिबार बिहानैबाट सभापतीको साझाँ उम्मेद्धार छनोटका लागि छलफलमा जुटेको छ । 

हिजो शुक्रबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी मै बसेको पौडेल पक्षको बैठकले भदौ १८ गतेका लागि निर्धारित वडा अधिवेशन ७७ वटै जिल्लामै एकसाथ गर्नुपर्ने, आन्दोलनरत जिल्ला सभापतिहरूका माग सम्बोधन गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो। सोहीअनुरूप पौडेल पक्षका नेताहरू राति देउवालाई भेट्न गएका हुन्। 

 भदौ ९ देखि कांग्रेस पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर रिले अनशनमा छन्। 

देउवासँग भएका सहमतिअनुसार अघि बढ्न नेताहरू कृष्ण सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले आज दिनभर गृहकार्य गरेर जिल्ला सभापतिहरूको अनशन तोडाउने सम्भावना रहेको चाक्सीबारी स्रोतले जनाएको छ।