• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

हिरासतमा मृत फेला परेका लामिछानेको प्रकरणबारे बुझ्न कानुनमन्त्री शाही घटनास्थलमा



कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही धनिराम लामिछानेको मृत्यु प्रकरणको वस्तुस्थिति बुझ्न डिभिजन वन कार्यालय सुर्खेतमा पुग्नुभएको छ ।

लेकबेँसी नगरपालिका–१० सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकमा बस्दै आएका ५८ वर्षीय लामिछानेलाई बिहीबार सालको रूख काटेको आरोपमा सब–डिभिजन कार्यालय सुर्खेतका कर्मचारीले पक्राउ गरेर ल्याएका थिए । पक्राउ गरी वन कार्यालयको हिरासतमा राखेको केही बेरमा झ्यालमा घुँडा टेकेर झुन्डिएको अवस्थामा लामिछाने भेटिएपछि मृतकका आफन्तहरू आक्रोशित बनेका थिए ।

आक्रोशित आफन्तहरूले बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गर्दा अवस्था अहिले पनि सामान्य हुन सकेको छैन । सोही घटनाको वस्तुस्थिति बुझ्न आन्तरिक मामिलामन्त्री शाही डिभिजन वन कार्यालयमा पुग्नुभएको छ ।

मृतकका आफन्तहरूले भने कर्मचारीले कुटेर मारेको आरोप लगाउँदै आएका छन् । उनीहरूले घटनामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै त्यसो नभए शव नउठाउने चेतावनी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनास्थल मुचुल्का बनाउने तयारी गर्न थालिएको बताउनुभयो ।