२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । शनिवार बिहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार प्रधानमन्त्री देउवा र प्रचण्डको भेटमा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल हो । 

प्रधानमन्त्री नियुक्त भएको लामो समयसम्म पनि देउवाले मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

नेकपा एमाले विभाजन गरेर अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेकाले छिट्टै मन्त्री नियुक्त हुने चर्चा छ ।