२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका जिल्ला सभापतीले अनसन तोड्ने, अब महाधिवेशनमा केन्द्रित हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेबिच शुक्रबार मध्यराती सहमती भएसंगै जिल्ला सभापतीले अनसन तोड्ने भएका छन् । 

धर्नामा बस्दै आएका जिल्ला सभापतिहरुले माग पूरा हुने भएपछि अनसनलाई तोड्दै महाधिवेशनमा ध्यान केन्द्रित गर्ने भएका हुन् । 

शनिबार बिहान पूर्वमहामन्त्री प्रकासमान सिंह निवासमा भएको संस्थापन इतर समुहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

जिल्ला सभापतिहरुको अनशन टुंग्याउने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ ।

सिटौला, रिजाल र लेखकले पार्टी कार्यालय सानेपा पुगेर जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने बताइएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा ४० दिनदेखि धनुषा, रौतहट, सर्लाहीका नेता कार्यकर्ताहरु धर्नामा छन् ।