• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार ★   नेपालगञ्जको अवस्था: झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते ★   पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारी राजकुमारलाई ★   श्रीनिवास आचार्य प्रहरी नियन्त्रणमा ★   रिगललाई आममाफी दिएर राष्ट्रपतिले मरिसकेको मान्छेलाई फेरि मार्नुभयो: चेतन पत्नी भारती ★   अर्थमन्त्री र एमसिसीका सिइओबीच भेट ★   नीति निर्माणमा दबाब नदिन आइएमएफलाई परिसङ्घको सुझाव

नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन



काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको छ । आज प्रतिनिधिसभामा एमसीसीबारे छलफल सुरु हुँदैछ । संसद् बैठक बसेका दिन दैनिक सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना भ्रातृ सङ्गठनहरुलाई सडकमा उतारेर विरोध प्रदर्शन गर्दै आएको छ ।

उनीहरुले प्रदर्शनलाई कडा बनाउने तयारी थालेको बुझिएको छ । यसबाहेक एमसीसीको विपक्षमा रहेका अन्य दलले पनि प्रर्दशन जारी राखेका छन् । सत्तागठबन्धनको सहमतिअनुसार नै सरकारले संसद्मा एमसीसी प्रस्ताव टेबल गरेको हो ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ सङ्गठनका नेताहरुलाई फोन गरी एमसीसीविरुद्धको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गर्नुभएको छ । उहाँले प्रदर्शनबाट धेरै क्षति भएकाले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गर्नुभएको थियो ।