२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा अरु सबै पार्टी मिल्दा पनि एमालेसँग लड्न सक्दैनन्ः ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नु भएको छ । 

अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गर्नु भयो । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लडन कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नु भयो । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नु भयो, ‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन रे । एमालेसँग एक्लै लडन सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लडन कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लडन कोही सक्दैन–सबैलाई थाहा छ । 

त्यसकारण मिलाउने अरे, मिलेर लडने रे । एक÷एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होईन ? एक÷एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १ सय २० होइन् ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नाम समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रिय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरु कुरामा लडन सक्नु हुन्छ । काममा होईन्, मैदानमा होईन्, व्यवहारमा होईन ।’

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोईटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याउनु भयो । एक÷दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उहाँले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव चिन्ता गरेर बस्ने होईन । म कमरेडहरुलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन । एक÷दुईटा पात पहेँलिएर झर्छन । रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालि हाल्छ नि । देख्नु भएन् कमिटीहरुको टुँसो पलाएको ? महिलाहरु कसरी जाँग्दैछन् । युवाहरु कसरी जाँग्दैछन । त्यसकारण नँयानयाँ पालुवाहरु पलाउदैछन । नयाँनयाँ हाँगाहरु हाल्दैछन । अझै मजदुत वृक्ष हाँगा फैलिदै छन । उचाईतिर जाँदैछ ।’

अध्यक्ष ओलीले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो, ‘हामी जनादेशबाट सरकारबाट हटाईएका होइनौं । जालझेलबाट सरकारबाट हटाइएको हो । चुनाव त आओस् नेकपा एमालेले जवाफ दिनुपर्छ यी सबै कुराहरुको । यी सबै खुद्रा षडयन्त्रको एकमुष्ट जवाफ दिनुपर्छ एमालेले । महालक्ष्मी नगरपालिकामा एउटा पनि सदस्यहरुले अरु पार्टीले चिप्ल्याएर लान नपाओस भन्नु कुरा यहाँका साथीहरुले ध्यान दिनु पर्दछ । किन दिने अर्कोलाई ? जोसँग दृष्टिकोण छैन । केही छैन । विचार नभएको । एउटा यता फर्केको, अर्को उता फर्केको चतुरमुख जस्तो चारतिर फर्केका । खान मात्रै जानेका । देश विकास के हो ? भनि थाहा नपाएको यस्ता झुण्डलाई कही पनि चुनाव जित्न दिनु हुन्न । संघीय निर्वाचनमा, प्रदेश निर्वाचनमा यिनीहरुलाई कहीँ पनि जित्न दिनु हुदैन, एमालेले दिँदैन । प्रदेशमा को उठछ, एमाले उठछ र त्यसले सान्दार ढंगले जित्छ । अरु सबैको एकातिर जोड्दा कम्मर–कम्मरमात्रै हुनुपर्दछ उनीहरुको उचाई । सबै एकातिर जोड्दा नेकपा एमाले सर्कक्कै माथि हुुनु पर्दछ ।’

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावी समेत गर्नु भयो । उहाँले पार्टीमा फुट नआएको पनि स्मरण गराउनु भयो । नुहाउँदा एक÷दुई वटा केस झरेजस्तो केही मान्छेहरु आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले भन्नु भयो, ‘पार्टी फुटेको होइन् । केही मान्छेहरु पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रीएका मान्छेहरुले पार्टी छोडेका हुन ।’

अध्यक्ष ओलीले माधव नेपालहरुलाई एक÷दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरु हिँड्दै टाउँको मुडुलो नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नुहाउँदा खेरी एक, दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाएपनि, राम्रो, ब्रान्डेड साबुन लगाएपनि, छानेको पानीले नुहाएपनि, जेसुकै गरेपनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउँको मुडुलो हुन्छ ?’