२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइसीएलको हाइटेक सम्मेलन जारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला शनिवारबाट काठमाडौंमा शुरु भएको छ ।

देशभरका प्रतिनिधिहरु कोभिडका कारण एकै ठाउँमा भेला गर्न सम्भव नभएपछि वाइसीएलले डिजिटल माध्यमबाट सम्मेलन गरेको हो ।

माओवादी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गरेका छन् ।

यस्तै वाइसीएल नेपालले आधिकारिक वेवसाइट सुरुवात समेत गरेको छ ।

वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट सार्वजनिक गरेको हो ।

वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने जानकारी दिए ।