१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौँमा धरानले मात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ’ (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । केहीदिनदेखि सामाजिक सञ्जालमा ‘दुई मेयरको जुहारी’ले निकै चर्चा पाएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईबीचको फेसबुकमा भनाभनले सामाजिक सञ्जाल तातिएको हो ।

आज शुक्रबार बिहान मेयर साम्पाङले भिडियोमार्फत दिएको एक अधिव्यक्ति अहिले निकै चर्चामा छ ।

उनले भिडियोमा भनेको जस्ताको तस्तै – ‘विशेषगरी यो मेरो लाईभचाहीँ मेरो विरोधीहरुलाई है । तपाईहरुको विरोधले हुन त के ख्यास्छ र ख्यास्न त । केहीपनि ख्यास्दैन म त आफ्नो वेमा हिड्ने मान्छे हो । तर मेरो विरोधले चाहीँ तपाईहरुलाई निकै पोल्दोरछ । जुनदिनसम्म काठमाडौँको फोहोर सोहोरिँदैन, सफा हुँदैन तबसम्म धरानलेमात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ । काम न काजका हरु ।’

उनको यसप्रकारको अभिव्यक्तिलाई नकरात्मक रुपमा टिप्पणी गरिएको छ । एकजना प्रयोगकर्ता लेख्छन् – तपाइको उचाइ घट्दै छ है दाजु ! महान बन्न लाई बिचार र व्यवहार दुबै महान हुन पर्छ हजुर जस्तो ब्यक्ती के बोल्दा र लेख्दा ध्यान पुर्याउनु होला ।

यस्तै अर्का एक प्रयोगकर्ता लेख्छन् – हजुर यसरी नै कराउनु भयो भने हजुरलाई कसैले साथ दिने वाला छैन ।

एक प्रयोगकर्ताको सुझाव छ – तपाईंका विगत २३ दिनका फेसबुक गतिविधि देख्दा रित्तो गाग्रीले बढी आवाज निकाल्छु भन्ने उखान साँच्चिकै हो रैछ कि भन्ने लाग्दैछ। फेसबुक चलाउन कम गरे तपाईंकै हित हुने थियो होला

http://