१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नेतृत्वबाट बिदा हुने प्रचण्डको इच्छा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी कन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाउनु भएको छ । 

अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधाआधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गर्नु भएको हो । वाईसियल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उहाँले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेरिएकै परियो दुःखेसो समेत पोख्नु भयो । 

अध्यक्ष दाहालले भन्नु भयो, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ त्यो त । हामीले चाँही उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, विचारा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

अध्यक्ष दाहालले ओलीसँग गठबन्धन गरेर के पायौं ? भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भईरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसियलका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँन कहीँ पूरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन । त्यसलाई रोक्नका लागि तपाई युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ ।’

अध्यक्ष दाहालले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराउनु भयो ।