• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राससलाई जानकारी दिनुभयो ।

नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भएको खण्डमा सत्ता सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ । अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस् त्यसो भएमा हामी गठबन्धनमा सहकार्य गरेर जान्छौँ । प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको थियो त्यसबारे चाँडो टुङ्ग्याइदिन हामीले भन्यौँ ।”

नेता महतोले सत्ता साझेदारिता, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको बताउनुभयो । “प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्याँै । विशेषगरी नागरिकताका विषयमा कुराकानी ग¥यौँ । विधेयकलाई प्रक्रिया पु¥याएर आजै संसद्बाट टुङ्गो लगाउने भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

नेता महतोले प्रधानमन्त्रीको प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको भन्दै उक्त प्रयोजनका निम्ति गठबन्धनले निर्णय गरेको खण्डामा सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीसँगको छलफलमा लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत नेताहरु सहभागी हुनुभएको थियो ।