काठमाडौं । १४ औ महाधिबेशनका सन्दर्भमा तयार पारिएको क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन टुंग्याएका छन् ।
अनशन बसेको बिषय समाधान भै सकेको भन्दै विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशनमा तोडाउनु भएको हो ।
क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेरगत मंगलबार देखी सस्थापन ईतरखेमाका जिल्ला सभापतिहरु कांग्रेस मुख्यालयमा अनसन बसेका थिए ।