२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गोरखामा युथ फोर्स, अध्यक्ष रामकृष्ण ढकाल



अ+ अ-

गोरखा । नेकपा (एमाले) जिल्ला कार्य समिती गोरखाले युथ फोर्स गठन गरेको छ । शनिबार एक कार्यक्रम गरी रामकृष्ण ढकाल (शहिदलखन) को नेतृत्वमा युथ फोर्स गठन गरेको हो । 

ढकालको नेतृत्वमा गठन गरिएको १५ सदस्यीय युथ फोर्स कमिटीमा उपाध्यक्ष रामचन्द्र लामिछाने (आरुघाट), धुर्व खड्का (गण्डकी) सुरेश सोढारी (आरुघाट) ।हेका छन् भने सचिवमा बिक्रम कार्की (गण्डकी) सहसचिवमा मौसम भट्ट (बारपाक सुलिकोट), अन्जन भुजेल (भीमसेनथापा) चयन भएका हुन् । 

यस्तै, सदस्यहरुमा सरुण कार्की, सुजन तिवारी, सैलेश रेग्मी, सन्दिप थापामगर, रवि सुनार, निरज लामिछाने, मिलन भट्ट र राजन सापकोटा चयन भएका छन् ।

राष्ट्रिय युवा संघ अन्तरजिल्लाका संयोजक प्रेम पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री रामशरण बस्नेत  रहेका थिए । 

कार्यक्रममा पार्टीका जिल्ला सचिव कृष्ण नेपाली, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा युथ फोर्स प्रमुख क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ, पार्टीका गण्डकी प्रदेश सदस्य कमल दानी, राष्ट्रिय युवा संघका सचिव खिल बहादुर राना, सम्पर्क मन्चका अध्यक्ष भीम कार्पी, अनेरास्ववियुका सचिव आरसी लामिछाने, केन्द्रिय बालसंगठनका सदस्य मोहन भट्टराई, लगायतको उपस्थिती रहेको थियो ।