२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी



File
अ+ अ-

ललितपुर । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरवार स्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो सो मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ ।

मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुबिधाका लागि तयारी भइरहेको जानुभयो । उहाँले भन्नुभयो, “आज मध्यरातिदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हाँै ।” दर्शनार्थीलाई सुव्यवस्थित मेला भराइने उहाँले जानकारी गराउनुभयो ।

महिला तथा पुरुष भक्तजनलाई छुट्टा छुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले बताउनुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिस क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो । पाटनमा उक्त मेलासँगै भीमसेन खटजात्रा, मच्छिन्द्रनाथ जात्रा एवं कार्तिक नाचसमेत मञ्चन गर्ने गरिन्छ । सो कृष्ण मन्दिर मुलुकमा शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट निर्मित २१ गजुर भएको एक मात्रै धार्मिक तीर्थस्थल हो ।