१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकृत समाजवादीमा बामदेव !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन् । गौतमलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको उपाध्यक्ष दिने भएका हुन् । 

स्रोतका अनुसार दुई पक्षबीच गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिने सहमति भएको बुझिएको छ । उनीसँगै नयाँ पार्टीमा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुलाई सोहीअनुरुपको जिम्मेवारी दिने सहमति भएको छ । 

यसअघि गौतमले विभिन्न अन्तर्वार्तामा आफूसहित साथीहरु नेपाल नेतृत्वको नयाँ पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए । 

पार्टीको औपचारिक विभाजनअघि एकता अभियान सञ्चालन गर्दै आएका गौतमले नेपालले नयाँ पार्टी बनाएमा उनलाई साथ दिने बताउँदै आएका थिए ।