६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेटको नानीमा सर्दैन सङ्क्रमण



अ+ अ-

काठमाडौँ । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हुँदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने ९रोगसँग लड्ने क्षमता० हँुदा सरसफाइलगायत स्वास्थ्य सुरक्षाका सन्दर्भमा बढी सतर्कता अपनाउनुपर्छ । गर्भवती अवस्थामा यसै पनि विभिन्न स्वास्थ्य समस्या आउने भएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

गर्भवती अवस्थामा महिलामा ‘हार्मोन’ परिवर्तन हुने भएकाले यस्तो अवस्थामा कोरोना सङ्क्रमित हुनु भनेको आमा र शिशु दुवैलाई खतरा हुन्छ । यस्तो बेला सामान्य लक्षणमात्र देखिएमा घरमा एकान्तवास बस्नुपर्छ तर अक्सिजनको मात्रा कम भएमा, श्वासप्रश्वास छिटो–छिटो भएमा, एक सयभन्दा बढी तापक्रम भएमा वा लगातार खोकी आएमा चिकित्सकसँग परामर्श लिने वा अस्पतालको सम्पर्कमा जानुपर्ने सुझाव डा। सुवेदीको छ ।

उहाँका अनुसार, कोरोना सङ्क्रमित गर्भवतीको सहज प्रसूति गराउन सकिन्छ तर केही गरी निमोनिया छ वा अन्य समस्या आएमा शल्यक्रिया गरी प्रसूति गराउनुपर्ने हुन्छ । यसरी प्रसूति गराउनचाहिँ सामान्य स्वास्थ्यचौकीभन्दा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ । किनभने सङ्क्रमित आमा वा शिशुलाई सघन कक्षदेखि भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ ।

प्रसूति गृहमा दैनिक दुई÷तीनजना कोरोना सङ्क्रमित गर्भवती पुग्ने गरेका छन् । प्रसूतिका लागि चिकित्सकले दिएको समय कटेको अवस्था वा टाउको दुख्नेलगायत कुनै पनि असजिलो वा स्वास्थ्य समस्या भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव डा। सुवेदीको छ ।

गर्भवतीको सुरक्षा
गर्भावस्था जोखिमको अवस्था पनि हो । त्यसैले गर्भवती महिलाले खानपान, हिँडडुल र स्वास्थ्य सजगतामा बढी ध्यान दिनुपर्ने हुन्छ । घरभित्रै हिँडडुल गर्दा कोरोना जोखिम कम हुन्छ । खासगरी श्वासप्रश्वास समस्या भएका महिलालाई अत्यधिक प्राथमिकतासाथ उपचार गर्नुपर्ने डा। सुवेदी बताउनुहुन्छ ।

गर्भवतीले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन पोषणयुक्त खानपानमा ध्यान दिनुपर्छ । उहाँ भन्नुहुन्छ, “भिटामिनयुक्त खानपान, दूध र दूधजन्य पदार्थ, फलफूल, हरियो सागपात, गेडागुडी, माछामासु सन्तुलित रूपमा खानुपर्छ ।”
त्यस्तै, पानी प्रशस्त पिउनुपर्छ । घाममा बस्दा ‘भिटामिन डी’ पाइने भएकाले गर्भवतीलाई विशेषगरी बिहानीपखको घाममा बस्नुपर्छ । गर्भवती भएको अवस्थामा रासायनिक परिवर्तन हुने भएकाले त्यसको सन्तुलनका लागि खानपान तथा सन्तुलित व्यायाम आवश्यक हुने डा। सुवेदीको सुझाव छ ।

गर्भवती महिलाले सुत्ने आसनमा पनि सचेत हुनुपर्छ । गर्भवती महिलाले बेलुका बेलैमा सुत्ने र आठ घण्टा मस्त निदाउनुपर्ने हुन्छ । मनोचिकित्सक तृष्णा घोषले गर्भावस्था तनाव निकै बढी हुने हुनाले आफूलाई प्रिय लाग्ने सङ्गीतको धुन सुन्नुपर्ने बताउनुहुन्छ । सकारात्मक समाचार सामग्री हेर्ने, सुन्ने तथा पढ्नाले शारीरिक तथा मानसिक रूपमा ऊर्जा मिल्ने उहाँ बताउनुहुन्छ ।

स्तनपान गराउनुपर्छ
आमा कोरोना सङ्क्रमित भए पनि प्रसूतिपछि शिशुलाई स्तनपान गराउनुपर्छ । यद्यपि, सङ्क्रमित आमा र शिशुलाई दिनभरि सँगै राख्नुहुँदैन । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ अनिष श्रेष्ठका अनुसार, स्तनपानबाट शिशुमा रोगसँग लड्न सक्ने क्षमता विकास हुन्छ । त्यसैले दुई घण्टा फरकमा स्तनपान गराउँदा राम्रो हुन्छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।