९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

कमला नदीको तटबन्धले बस्ती सुरक्षित
अ अ+ अ-

जनकपुरधाम । कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थि इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो ।

नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघिनै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दैआएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको इनरुवा बजार, मल्हनियाँलगायतका बस्ती र जयनगर–कुर्था रेल्वे मार्गसमेत सुरक्षित भएको स्थानीयवासी मनोज यादवले बताउनुभयो ।

“नेपाली भूमिमा बाँध निर्माण भए पनि करिब छ सय मिटर भारतीय भूमिमा बाँध निर्माण हुन नसक्दा हाम्रो इनरुवा बजार असुरक्षित थियो, बर्सेनि वर्षायाममा कमलाको बाढी बजारमा पुग्दा ठूलो कष्ट भोग्न बाध्य थियौँ”, उहाँले भन्नुभयो, “तर अब भारतीय पक्षले आफ्नो भूमिमा बाँध बनाएपछि पूर्णरुपले हामी सुरक्षित भएका छौँ ।” बाँध निर्माणपछि भारतीय बजार जयनगरसम्म पुग्नसमेत सहज भएको छ ।

“सीमावर्ती गाउँ बल्डीहा नजिकै लामो समयदेखि तटबन्ध नबन्दा पहिला स्थानीयलाई ठूलै सास्ती हुँदै आएको थियो”, जनकनन्दनी गाउँपालिकाका सफिक मियाँले भन्नुभयो, “नेपालतर्फको सबै ठाउँमा बाँध बनिसकेको थियो, तर बोर्डमै बाँध नबन्दा बर्सेनि डुबानसँगै भारतीय बजार जयननगरसम्म पुग्नसमेत सास्ती हुन्थ्यो ।”

नेपाली पक्षको दबाब र प्रयासमा भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध बनाएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले बताउनुभयो । “हामीले भारतीय पक्षलाई ठाउँमा तटबन्ध बनाउन आग्रह गर्दैआएका थियौँ”, उहाँले भन्नुभयो । उक्त ठाउँमा तटबन्ध नहुँदा नेपाली बस्ती मात्रै डुबानको चपेटामा थियो ।

भारतीय पक्षले बनाएको तटबन्धका कारण नेपाली भूमि मात्र सुरक्षित भएको छैन, यातायात सञ्चालन गर्नसमेत सहज भएको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्गको पोर्ताहादेखि भारतीय सीमावर्ती क्षेत्रसम्म करिब ३५ किलोमिटरको सो तटबन्धबाट दैनिक सयौँको सङ्ख्यामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन भारतीय बजारबाट ओहोरदोहोर गरिरहेका छन् ।

यस्तै कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् । तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको विभिन्न वडाका गाउँ सुरक्षित भएको स्थानीयले बताएका छन् ।

बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन, ठूलो क्षेत्रफलमा जग्गा नदी उकाससमेत भएको छ । बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिरहाको करिब २६ हजार आठ सय ८७ घरधुरी लाभान्वित भएको आयोजना प्रमुख यादवले जानकारी दिनुभयो ।

कमला नदीमा ६८ दशमलव २५ किलोमिटर तटबन्ध बनाउँदा दुवैतर्फ करिब दुई हजार पाँच सय हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएको छ । एक लाख ४५ हजार छ सय ५३ जना प्रत्यक्ष लाभान्वित भएका प्रमुख यादवले बताउनुभयो । तटबन्ध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभूति गर्दै स्थानीयले उकास भएका जग्गामा धमाधम खेतीपातीका साथै घेरवार गरी नर्सरी बनाउन थालेका छन् ।