२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको मन्त्रालयमा आतंक, कर्मचारी प्रशासन लथालिंग



अ+ अ-

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको  मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा दैनिक प्रशासन ठप्प छ। कर्मचारीतन्त्र लथालिंग छ। यस्तोमा पनि सरकारको ध्यान भने कर्मचारी सरुवामा केन्द्रित छ।

सरकार गठन भए लगत्तै सचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख आयोजना प्रमुख धमाधम सरुवा भएका छन्। अर्थ, गृह, स्वास्थ्यलगायत महत्वपूर्ण मन्त्रालयका सचिवको सरुवा गरिएको छ। मन्त्री भएका मन्त्रालयमा सरुवाको आतंक नै छ। अर्थ, गृह, स्वास्थ्य, ऊर्जामा विभागीय प्रमुख, महाशाखा प्रमुख र आयोजना प्रमुखको व्यापक  हेरफेर भइसकेको छ। 

पूर्वसचिव शारदाप्रसाद त्रितालले २०६२।६३ पछिका सरकारमा कर्मचारी सरुवालाई ठूलो प्रगति मान्ने प्रवृत्ति हाबी भएको बताए। सरकार परिवर्तनसँगै कर्मचारी सरुवाको आतंक नै हुने गरेको बताए। उनले मन्त्रिमण्डलले पूर्णता नपाउँदै सरुवा आंतक भइसकको उल्लेख गर्दै उनले भने, ‘मन्त्री आउनै बाँकी छ, अहिले नै व्यापक सरुवा भइसक्यो, यसपछि त कति होलान्, कति १ कर्मचारी तर्साएर, धक्याएर काम गर्न सक्छौ, भन्ने सबै पार्टीमा देखिएको छ।’   

उनले आसेपासे, टेड युनियनको कुरा सुनेर मन्त्रीले निर्णय गर्दा कर्मचारी प्रशासन लथालिंग भइरहेको बताएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।