६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केही समय ढिला भएर केही फरक पर्दैन’



अ+ अ-

काठमाडौं । कोरोनाले देशको अर्थतन्त्र जर्जर छ। लकडाउनले बेरोजगारीको संख्या बढ्दो छ। शेर बहादुर देउवा प्रधानमन्त्री लगत्तै सत्तापक्षीय गठबन्धनले श्रमजीवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेज ल्याउने घोषणा गरेको थियो। तर, त्यससम्बन्धी सरकारबाट कुनै पहल भएको छैन। पर्यटन, होटललगायत क्षेत्रका लगानीकर्ताले पनि राहतका लागि सरकारसँग माग गरिरहेका छन्। 

‘सरकारले किन काम गर्न सकेको छैन भन्ने जनतालाई लाग्न सक्छ’, सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘हामीले काम गरेका छौं। यसबीच कोरोना खोपहरू ल्याउने काम भएको छ। यद्यपि सम्बन्धित मन्त्रालयका मन्त्री नहुँदा काम नभएको जस्तो देखिएको मात्र हो।’ 

मन्त्री कार्की सरकार अपूर्ण नै रहे पनि राहत र उद्घारमा कामलाई तीव्रता दिएको तर्क गर्छन्। ‘स्थिर सरकार निर्माणका लागि सबै दलसँग छलफल भइरहेको छ,’ उनले भने, ‘राम्रो रिजल्ट आउने गरी काम गर्छौं। त्यसका लागि छिट्टै मन्त्रिमण्डल विस्तार हुन्छ।’ दिगो विकासका लागि जनतालाई महसुस हुने खालको मन्त्रिमण्डल बनाइने कार्कीले बताए। ‘केही समय ढिला भएर केही फरक पर्दैन,’ उनले भनेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ।