२२ आश्विन २०८१, मंगलवार
,
Latest
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारले पुनरावेदन नगर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयको भागबण्डा टुंगियो : कांग्रेसका बडु शिक्षमा, अरु दललाई कुन मन्त्रालय



अ+ अ-

काठमाडौं । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले  मन्त्रालय भागबण्डा टुंग्याएको हो । 

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच ५ वटा मन्त्रालय पाउने सहमती भएको छ । 

कांग्रेसले शिक्षा मन्त्रालयमा दिलेन्द्रप्रसाद बडुलाई नियुक्त गरेर स्वास्थ्य, गृह, कानूनसहित ५ मा ४ कोटा पूरा गरेको छ । 

कानुन मन्त्रालयको हकमा सबै दलको सहमति हुने गरी एक जना नेकपा एकीकृत समाजवादीनिकट प्रतिष्ठित कानुन व्यवसायीलाई मन्त्री बनाउने सम्बन्धमा पनि गठबन्धनका शीर्ष नेताहरुले सहमति भएको छ । 

यसअघि प्रधानमन्त्रीसहित गृह, स्वास्थ्य र कानुन मन्त्रालय काँग्रेसको भागमा परिसकेपनि कानूनबाट अब ज्ञानेन्द्रबहादुर कार्की अर्कै मन्त्रालय दिने देउवाको तयारी रहेको छ । 

अर्थ र ऊर्जा मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । अब एकीकृत समाजवादी र जसपाको भागमा बाँकी रहेकामध्ये महत्वपूर्ण मन्त्रालयसहित पाँच वटा पर्ने भएको हो । 

मुख्यगरी परराष्ट्र, शहरी विकास, स्थानीय र सामान्य प्रशासन, कृषि, वन, उध्योग, वाणिज्य तथा आपूर्ति,महिला, बालबालिका, श्रम, भौतिक योजना, पर्यटन, रक्षा, भूमिसुधार, सञ्चार मन्त्रालय अझै बाँकी छन् ।

एकीकृत समाजवादीबाट स्थायी समिति सदस्य बेदुराम भुसाल, जीवनराम श्रेष्ठ,रामकुमारी झाँक्री, प्रेम आले,मेटमणी चौधरी सरकारमा जाने सम्भावना रहेको बताइन्छ ।