१८ असार २०८३, बिहीबार
,
Latest
सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयको भागबण्डा टुंगियो : कांग्रेसका बडु शिक्षमा, अरु दललाई कुन मन्त्रालय



अ+ अ-

काठमाडौं । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले  मन्त्रालय भागबण्डा टुंग्याएको हो । 

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच ५ वटा मन्त्रालय पाउने सहमती भएको छ । 

कांग्रेसले शिक्षा मन्त्रालयमा दिलेन्द्रप्रसाद बडुलाई नियुक्त गरेर स्वास्थ्य, गृह, कानूनसहित ५ मा ४ कोटा पूरा गरेको छ । 

कानुन मन्त्रालयको हकमा सबै दलको सहमति हुने गरी एक जना नेकपा एकीकृत समाजवादीनिकट प्रतिष्ठित कानुन व्यवसायीलाई मन्त्री बनाउने सम्बन्धमा पनि गठबन्धनका शीर्ष नेताहरुले सहमति भएको छ । 

यसअघि प्रधानमन्त्रीसहित गृह, स्वास्थ्य र कानुन मन्त्रालय काँग्रेसको भागमा परिसकेपनि कानूनबाट अब ज्ञानेन्द्रबहादुर कार्की अर्कै मन्त्रालय दिने देउवाको तयारी रहेको छ । 

अर्थ र ऊर्जा मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । अब एकीकृत समाजवादी र जसपाको भागमा बाँकी रहेकामध्ये महत्वपूर्ण मन्त्रालयसहित पाँच वटा पर्ने भएको हो । 

मुख्यगरी परराष्ट्र, शहरी विकास, स्थानीय र सामान्य प्रशासन, कृषि, वन, उध्योग, वाणिज्य तथा आपूर्ति,महिला, बालबालिका, श्रम, भौतिक योजना, पर्यटन, रक्षा, भूमिसुधार, सञ्चार मन्त्रालय अझै बाँकी छन् ।

एकीकृत समाजवादीबाट स्थायी समिति सदस्य बेदुराम भुसाल, जीवनराम श्रेष्ठ,रामकुमारी झाँक्री, प्रेम आले,मेटमणी चौधरी सरकारमा जाने सम्भावना रहेको बताइन्छ ।