९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल गर्न सकिने

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल गर्न सकिने
अ अ+ अ-

काठमाडौँ । प्रयोगकर्ताहरूबाट अपार माया पाइरहेको हाम्रो पात्रो एपको “हाम्रो पात्रो हेल्थ” सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौषाएको बताइएको छ।

अहिले थपिएका सुविधाहरूमा विशेषज्ञ डाक्टरहरूले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिका अनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरहरूसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ। पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ। यस अघि बिरामी र डाक्टर दुईजना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकता अनुसर परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरहरूले कन्फरेन्स कल गरेर एकै पटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको छ।

यसै सन्दर्भमा हाम्रो पात्रो इंकका फाउन्डर तथा सीईओ शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि “वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँग कन्फरेन्स कलमा बस्न सक्ने” बताउनु भयो। र उहाँले यो थपिएको सुविधाहरूले प्रयोगकर्ताहरूको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाहरूको समाधान गर्न थप सहयोगी हुने विश्वास प्रकट गर्नुभयो।

त्यसबाहेक, अनलाइन र व्यस्त डाक्टरको डाक्टरको विशेषज्ञता र अनुभवको सुचि हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउन सेवाहरू थपेको छ। डाक्टरले आफ्नो अनुभवको आधारमा एपमा आफ्नो सेवाशुल्क निर्धारण गर्न सक्नेछन्।डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीको लागि उपलब्ध हुने समय तालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधि भित्र निशुल्क फलो-अपको सुविधा पनि राखिएको छ। यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन् ।

अहिले व्यस्त जीवनशैलीको कारण आफ्नो स्वास्थ्यमा समय दिन नसकिरहेका मानिसहरूलाई पनि यो सेवा अति उपयोगी भएको पाइएको छ। साना स्वास्थ्य समस्या तथा जिज्ञासाहरूमा पनि डाक्टरलाई भेट्न थुप्रो समय खर्च गर्नुपर्ने र असहजता भोग्नुपर्ने अवस्थालाई हाम्रो पात्रो हेल्थले सहज बनाएको छ। प्रविधिको माध्यमबाट इन्टरनेट उपलब्धता भएको जुनसुकै सुगम र दुर्गम ठाउँका सबै स्थानमा टेलिहेल्थको सेवा सबैको लागि सहयोगी मात्र भएको छैन खर्च र समयको पनि बचत गरेको छ र अनावश्यक यात्रा घटाएको छ। कतिपय स्थानहरूमा उचित स्वास्थ्य परामर्शको अभावमा धेरै मानिसहरुले समस्या भोग्नु परेको छ।

सम्पूर्ण नेपालीहरूलाई सहजरूपमा सवास्थ्य परामर्श उपलब्ध गराउन र भौगोलिक र आर्थिक विविधताका ववजूद स्वास्थ सेवाको आवश्यकता र उपलब्धताको विषमतामा प्रविधिको माथ्यमबाट सहजता निर्माण गर्ने उदेश्यले हाम्रो पात्रो एपले हाम्रो हेल्थ सुरु गरेको थियो।