• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ?

नागरिकता बिधेयक जस्ताको तस्तै फिर्ता पठाउने निर्णय नितान्त गलत र असंवैधानिक: बिश्लेषक श्रेष्ठ



काठमाडौं । राजनीतिक बिश्लेषक श्याम श्रेष्ठले विवादित नागरिकता विधेयकलाई जस्ताका तस्ता फर्काउनु नितान्त गलत र असंवैधानिक हुने बताउनु भएको छ ।

श्रेष्ठले पुनर्विचारका निम्ति फिर्ता गर्ने राष्ट्रपतिले कार्य सहि भएको टिप्पणी गर्दे विधेयक संसदमा पुनर्विचारका लागि पठाएपछि त्यसलाई संसद र समितिमा राम्रोसँग छलफल गरिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो छलफल नै नगरी जस्ताका तस्ता फर्काउनु नितान्त गलत र असंवैधानिक हुन्छ। खबरदार यस्तो नगरियोस् । श्रेष्ठले नेपाल जस्तो सानो मुलुकमा नागरिकतालाई खेलबाडको बिषय बनाउनु ज्यादै अनिष्टकारी हुनसक्ने जनाउनु भयो । उहाँले मधेसमा रहेका नागरिहरु पनि नेपाली भएको र उनीहरूमध्ये भूमिहीन मधेसी दलित र हरवा चरवाले अझै नागरिकता पाउन नकसकेको अबस्थामा अबिलम्ब नागरिकता प्रदान गरिनु पर्ने जनाउनु भयो ।

उहाँले एकजना नेपाली पुरुषले कुनै विदेशी महिलालाई बिबाह गर्नासाथ नागरिकता प्रदान गरिनु देशको हितमा नहुने स्पष्ट पार्नुभयो । श्रेष्ठले उसमाथि ७ बर्षको निरीक्षणको प्रावधान जुन पहिले बिषयगत समितिबाट राखिएको थियो त्यो हटाउनु गलत भएको टिप्पणी गर्नुभयो ।

विधेयकमा त्यो प्राबधान हटाउनु महाभूल भएको भन्दै उहाँले नेपाली महिलाले नेपालमै रहने गरी बिदेशी पुरुषसित बिबाह गरिन् भने उसलाई पनि ७ बर्षकै निरीक्षणको प्रावधान राखिनु उचित र समतामूलक हुन जाने उल्लेख गर्नुभयो ।

सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय लिएको गरेको थियो ।