• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

वन मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी बनाउँछौँः मन्त्री यादव



file

काटमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायसम्बन्धी बैठकमा उहाँले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पु¥याइने खालका काम र योजना अघि सारिने बताउनुभयो । स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने उहाँको भनाइ थियो ।

यसैगरी मन्त्री यादवले सातवटै प्रदेशका मन्त्रालयसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्र्धन गर्न, मानव र वन्यजन्तुका बीच हुने द्वन्द्वलाई सधैँका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिनुभयो ।

कार्यक्रममा उहाँले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका कर्मचारीसँग उहाँहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताउनुभयो ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको इआईए स्वीकृत
यसैबीच मन्त्री यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको छ ।

मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा ९५० र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम ९८० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरु पालना गर्ने गरी उक्त सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो । रासस