धनुषा । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले आइतबार आफ्ना मन्त्रीको जिम्मेवारी हेरफेर गरेको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहँदै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि विजय यादवले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।











