२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम र म सँगै उभिनुको ठूलो अर्थ छः प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताएका छन् ।

मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वसहकर्मी डा. भट्टराईसँगको भेटपछि सो कुरा बताएका हुन् ।

प्रचण्डले सञ्चारकर्मीहरुसँग भने, ‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराले ठूलो अर्थ र महत्व राख्छ, हामी उभियौं अब कसैले रोकेर रोकिँदैन ।’

यस्तै, प्रचण्डले आज नै पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने बताउँदै माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

माओवादी र नेसपाबीच ४ मंसिरको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।