• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीले श्रीमति र आफन्तलाई अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको ओलीको आरोप



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमति र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकीर समेत गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क समेत गर्नु भयो ।

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नु भयो । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उहाँले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट । म यो पनि बेचिदिन्छ, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोडछु । यस्तो पोलिटिक्स गर्नु भयो भने पोलिटिक्स हुँदैन । त्यो पोलिटिक्स होइन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो ।

राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमति, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? श्रीमति, सालाहरुलाई अगाडि सारेर देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अव गलत पोलिटिक्स ग¥यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डट्टी पोलिटिक्छ भन्न थाल्छ । व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसीटिभी क¥यापकुरुप पारेर तार चुडाएर आयो । अनि, केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अव यही देखेपछि अनि कतिपयले भन्छन–आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन ।

यसका विरुद्ध तपाईहामी उठनु पर्छ । तपाईहामीले यसका विरुद्ध लडनुपर्छ । पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनु पर्छ । देशका निम्तिको बनाउनुपर्छ । जनताको निम्तिको बनाउनु पर्छ । स्वच्छताको निम्तिको बनाउनुपर्छ । समाजका निम्तिको बनाउनुपर्छ । मानव जातिका निम्तिको बनाउनु पर्छ । पोलिटिक्स झगडाका लागि हो र ? पोलिटिक्स झगडाका लागि होइन । पोलिटिक्स विश्व शान्तिका लागि । पोलिटिक्स राष्ट्रिय शान्तिका लागि । पोलिटिक्स बिगार्नका लागि होइन । त्यसकारण कस्तो पोलिटिक्स भन्ने कुरा हावादारी पोलिटिक्स होइन ।’

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गर्नु भयो । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उहाँले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘कस्तो पोलिटिक्स भन्ने हुन्छ । हावादारी पोलिटिक्स होइन । हा हुँको पालिटिक्स होइन । मौसमी तालको नि । भनिदिनलाई सजिलो छ । अस्ती म यसो सुन्दैथिए मानिसहरुले बोलेको । दुःख नगरेका, पसिना नबगाएका, केही नगरेका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ । तिनले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन । जसले लोकतन्त्रका लागि उक थोपा पसिना बगाएको छैन । जसले कुनै बलिदान दिएको छैन । कोही परिवारको सदस्यले बलिदान दिनु परेन । उसले केही क्षति नै व्यहोरेको छैन । उसका लागि पोलिटिक्स हाहु गर्ने, इन्जोय गर्ने माध्यम बनेको छ । रमाईलो गर्ने विषय बनेको छ । तर पोलिटिक्स त्यस्तो होइन ।’

अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा समेत गर्नु भयो ।