१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा केन्द्रीय सदस्यमा १० जना मनोनित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

को–को परे मनोनित मा ?

(१) किरण यादव (महोत्तरी)
(२) राधा घले (काठमाडौं)
(३) धना खतिवडा (ललितपुर)
(४) उर्मिला थपलिया (धादिङ्ग)
(५) रुक्मीणी कोइराला (मोरङ्ग)
(६) कल्याणी रिजाल (काठमाडौं),
(७) गोमा भट्टराई (झापा)
(८) गंगा शाही (रुपन्देही)
(९) लक्ष्मी खतिवडा (सुनसरी)
(१०) सीता देवकोटा (नवलपुर)