२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

बनियानी । झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक–४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना८ख ३३३३ नंको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं। १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक नायक सख्त घाइते भएपछि दकमस्थित निम्स अस्पताल लगिएकामा थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको हो ।

ट्रक चालक अर्जुनधारा–५ का ३८ वर्षीय मातृका दनुवारसहित सवारी साधन इलाका प्रहरीले नियन्त्रणमा लिएको थियो ।