९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै सुकीलाई थप छ वर्षको जेल सजाय सुनाइयो

भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै सुकीलाई थप छ वर्षको जेल सजाय सुनाइयो
अ अ+ अ-

एजेन्सी । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ ।

आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ । अपदस्थ नेतालाई चारवटा मुद्दाहरूमध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ । तर तीमध्ये तीनका लागि सजाय एकैसाथ सुनाइनेछ । उहाँलाई थप छ वर्षको जेल सजाय दिइने अल जजीराले एक कानूनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, आङ सान सुकीले सबै आरोप अस्वीकार गर्नुभएको र उहाँका वकिलहरूले अपील गर्ने अपेक्षा गरिएको अल जजीराले जनाएको छ ।

यो निर्णय लोकतान्त्रिक रूपमा निर्वाचितहरूलाई बदनाम गर्ने सैनिक सरकार अर्को हताश प्रयास भएको म्यानमारको राष्ट्रिय एकता सरकारका विदेशमन्त्री जिन मार आङले भन्नुभएको छ । म्यानमार सैनिक सरकारको आलोचना गर्दै उहाँले आङ सान सुकीको रिहाइको लागि पनि आह्वान गर्नुभएको छ ।

आङ सान सुकी र उनका सहयोगीहरूविरुद्ध लगाइएका धेरै आरोपहरू अर्को वर्ष हुने चुनावमा अलोकप्रिय बनाई यी राजनीतिज्ञहरुलाई राजनीतिबाट हटाउने सेनाको प्रयासको हिस्सा भएको विश्लेषकहरूले बताएका छन् ।

यसैबीच, मलेसियाका विदेशमन्त्री सैफुद्दिन अब्दुल्लाले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० लाई म्यानमारका मुद्दाहरूमा छलफल गर्न दबाब दिइरहनु भएको छ । दश सदस्यीय यस समूहको मलेसिया पनि सदस्य हो उहाँले पछिल्लो जेल सजायको निन्दा गर्नु भएको अल जजीराका जनाएको छ ।

म्यानमारले पछि सैन्य विद्रोहको एक वर्ष पूरा हुनु अघि देशमा आपतकालिन अवस्थालाई छ महिना थप गरेको छ म्यान्मारका सैन्य नेता वरिष्ठ जनरल मिन आङ ह्लिङले २०२१ मा एक निर्वाचित नागरिक सरकारको विरुद्धमा विद्रोहको नेतृत्व गर्दै आङ सान सुकीलाई चुनावी अनियमितताको आरोपमा हिरासतमा राख्नु भएको थियो ।

गत वर्ष अगस्टमा मिन आङ ह्लिङले आफूलाई नवगठित कार्यवाहक सरकारको प्रधानमन्त्री घोषणा गर्नुभएको थियो । अगस्ट १ मा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सन् २०२३ सम्ममा चुनाव गराउने वाचा गर्नुभएको थियो ।

हडताल र विरोध प्रदर्शनमा म्यानमारको सुरक्षाबलले एक हजार भन्दा बढी नागरिकको हत्या गरेको र अन्य हजारौंलाई गिरफ्तार गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । लोकतन्त्रलाई पटरीमा पारेको भन्दै अन्तर्राष्ट्रिय जगतमा म्यानमार सैन्य सरकारको निन्दा भएको छ ।