११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले के भने ?

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले के भने ?
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र)की सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्नु भयो ।

उहाँले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सृजना गर्ने काममा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद पहाडीले भन्नु भयो, ‘बजेट भाषणमा सुन्न र पढन पाईने विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै बनिरहेका छन ।

यथार्थमा विद्यार्थीहरुले शैक्षिक कर्जाको उपयोग गर्न पाईरहेका छैनन् । सभामुख महोदय, त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि असारे विकासजस्तै औपचारिकता मात्रै बनिरहेको छ । तसर्थ, स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रलाई प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी स्थायी प्रकारणको रोजगार सृजना गर्न ध्यान देओस् भनेर सभामुख महोदयमार्फत् नेपाल सरकारलाई जोडदार माग गर्दछु ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाउनु भयो । उहाँले ठूला उद्योगी र व्यवसायीहरुले बैंकहरुलाई नियन्त्रणमा लिएकाले साना व्यापारी र उद्यमीहरुले बैकबाट ऋणनै नपाउने अवस्था आउँदा पनि बेखवर भएको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । सांसद पण्डितले भन्नु भयो, ‘देशको विकास, निर्माणको कानुन तीव्र गतिमा अगाडि बढेन । किनभने ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने नीति अन्तरगत गए । काम गर्ने नीति अन्तरगत गएन । त्यसकारण विकास अवरुद्ध भएको छ । त्यस्तै देशका उद्योगी र ठूला व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लगे । त्यसकारणले गर्दाखेरी साना उद्योगी र साना व्यापारीहरुले बैंकबाट ऋण पाउने स्थिति भएन । त्यसकारणले गर्दाखेरी साना उद्योग र व्यवसायहरु धरासायी हुँदै गएको कुरा मैले जानकारी गराउन चाहन्छु ।’

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद हिरा गुरुङले काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा पनि बढि भएको भन्दै त्यसको व्यवस्थापनका लागि काम गर्न सरकारलाई दवाव दिनु भयो । उहाँले बाढिपहिरो र डुबान पीडितहरुलाई राहत दिने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद गुरुङले भन्नु भयो, ‘हरेक वर्ष नयाँनयाँ समस्याको रुपमा देखा परेको फोहोर व्यवस्थापन यसपाली झनै ठूलो समस्याको रुप लिएर आयो । पूरै काठमाडौं दूर्गन्धित भईसकेको छ ।

सरकारले महानगरको र महानगरले सरकारको मुख हेरेर बस्न मिल्दैन । प्रशासन लगायर बञ्चरेडाँडामा दुई सय टिपर फोहोर फाल्दैमा सरकारले काम गरेको भन्न मिल्दैन । यसको दिर्घकालीन समस्या समाधानको निम्ति सभामुखमार्फत काम गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वर्षेनी जाने बाढिपहिरोले जनधनको क्षति भएका जनताहरुलाई उचित व्यवस्थापन गर्ने भनिएपनि कार्यान्वयन पक्ष ढिलासुस्ती भएको हुँदा पीडितहरु आक्रोशित भएका समाचारहरु अखवारहरुमा दिनहुँजस्तो आईरहन्छ । जुरे पीडितले अझै पनि बासको व्यवस्था नपाएकाले ती पीडितहरुलगायत सबैलाई बासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले चौरहजारी विमानस्थलको सेवा सूचारु गराउन सरकारसँग माग गर्नु भयो । उहाँले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गर्नु भयो । सांसद बस्नेतले सो पुलको निर्माण कार्य ढिलाई हुनुको कारण खोजी गरी छिटो पूरा गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लालाई पायक पर्नेगरी केन्द्र भागमा स्थापना भएको चौरहजारी विमानस्थलमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा दिँदै आएको थियो । तर केही वर्षयता सो सेवा बन्द अवस्थामा छ ।

सरोकारवाला जिल्लाका जिल्ला प्रशासन कार्यालयहरु, उद्योग, व्यवसायी संघ, संस्थाहरुसहित हामी जनप्रतिनिधिहरुले बेलाबेलामा पटक पटक हवाई सेवा सूचारु गर्नका लागि वायु सेवा निगमको कार्यालयमा हामीले अनुरोध गर्दै आएका छौं र लिखित अनुरोध पनि गर्दै आईरहेका छौं । पूर्वाधार तयार भएको छ । कालोपत्रे सहितको रनवे छ । तर पनि सेवा संचालन हुन सकिराखेको छैन । तत्काल सेवा संचालनका लागि म नेपाल सरकारसँग विशेष आग्रह गर्न चाहन्छु । मध्यपहाडी सडकको भेरी नदीमा पर्ने पुल निर्माण कार्य सुरु भएको दशक भईसक्यो । तर २० प्रतिशत पनि काम अहिलेसम्म हुन सकेको छैन । र, त्यो निर्माण कार्य सम्पन्न नहुनुको कारण के हो ? त्यो कुराको खोजीसहित निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद बस्नेतले दशक वितिसक्दा पनि सो पुल निर्माणको काम २० प्रतिशत मात्रै पूरा भएको उल्लेख गर्दै त्यसलाई ढिलाई हुन नदिन सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।