११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना



अ+ अ-

पोखरा। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गर्नुभएको थियो ।

सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई अध्यक्ष श्रेष्ठले मन्दिरका सम्बन्धमा जानकारी गराउनुका साथै मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।रासस