• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड ★   गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित ★   चुरे संरक्षणको माग गर्दै पदयात्रा, माईतीघर मण्डलामा धर्ना– तस्बिरहरु ★   बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री

डम्बर खतिवडाले छाडे बाबुरामको साथ



काठमाडौँ । नेपाल समाजवादीका पार्टी (नेसपा) का नेता डम्बर खतिवडाले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईको आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णयपछि खतिवडाले उनको साथ छाडेका हुन् ।

मंगलवार बिहान ट्वीटरमार्फत नेता खतिवडाले नेसपा परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेसपा–माओवादीको एउटै चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताएका छन् ।

उनले सन्देशमा लेखेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा। बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु । आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु । नेसपा–माओवादी एउटै चिन्ह हसिँया–हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन । धन्यवाद ।’

यसैबीच, मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि माओवादी केन्द्र र नेसपा संयुक्त दल दर्ता गर्न आजै निर्वाचन आयोगको कार्यालय जाँदै छन् ।