२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक; राष्ट्रपतिबाट पुन: बिचारका लागि आएको पत्रको जानकारी गराउने



अ+ अ-

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा प्रतिनिधि सभाका सचिवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने कार्यसूचि रहेको छ ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउनु हुने, सभामुखले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने, अर्थमन्त्री जनार्दन शर्माले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेका छ ।

यसैगरी कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रश्तुत गर्नुहुने, “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रश्ताव प्रस्तुत गर्नुहुने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी राष्ट्रिय सभाको सन्देश सहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको“प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको “प्रत्यायन विधेयक, २०७८” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको “प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।