१० श्रावण २०८३, आईतवार
,
Latest
एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्ने भो राप्ती कोरिडोर



अ+ अ-

घोराही । सङ्घीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सोमबार एक कार्यक्रमबीच ‘राप्ती कोरिडोर’ आयोजनाको शिलान्यास गरेका छन् ।

करिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रुपमा रहने बताए । उनले दाङ प्रशस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती कोरिडोरका माध्यमबाट विकासको अरू पक्षलाई पनि जोड्ने सकिने धारणा राखे ।

राप्ती कोरिडोरअन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास (तटबन्ध) गरी बृहत् योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको बताए । ‘भालुवाङबाट सुरु भएर करिब ८७ किलोमिटर लम्बाइको राप्ती नदीको दुवैतर्फ कालोपत्र गरिनेछ । नदी उकास गरी नयाँ सहर बसाल्न सकिने छ भने सुन्दर उद्यान निर्माण गरेर दाङमा नयाँपन ल्याउन सकिनेछ”, उनले भने ।

राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर आयोजनामा नदी उकास भएपछि हजारौँ बिघा जमिन प्रयोगमा आउने छ । बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भइसकेको उनको भनाइ छ ।