५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

फ्रान्सेली महिला शवपेटिकामा रहेका शवबाट गहना चोरीमा गिरफ्तार

फ्रान्सेली महिला शवपेटिकामा रहेका शवबाट गहना चोरीमा गिरफ्तार
अ+ अ-

बीबीसी । उत्तरी फ्रान्समा अन्तिम संस्कार गर्ने गृहमा एक जना नचिनेको शोकाकुल व्यक्ति देखे पनि निधनबाट मर्माहत परिवारले त्यसबारे अन्यथा सोचेन।

साठीको दशककी ती महिलाले आफू मृतकको एक जना साथी भएको बताएकी थिइन्। त्यसैले मृतकका परिवारले ती महिलालाई अन्तिम सम्मान प्रकट गर्न दिए।

तर परिवारका सदस्य पछि फर्केर आउँदा शवपेटिकामा राखिएको मृतकको घाँटीको माला, औँठी र कानका गहना सबै हराएको पाएको फ्रान्सको मिडियाले बताएको छ।

परिवारले यो कुरा प्रहरीकहाँ रिपोर्ट गर्‍यो। त्यसपछि लिभिन शहरको शव अन्तिम संस्कार गृह नजिकै बस्दै आएकी ती महिलाबारे अनुसन्धान गरेर पक्राउ गर्‍यो।

ती महिलासँग मृतकका अङ्गबाट हराएका गहनाहरू फेला पर्‍यो। तर कुरा त्यतिमै सीमित रहेन। प्रहरीले त्यसैदिन ९अगस्ट २४ का दिन० केही अघि सोही अन्तिम संस्कार गृहमा व्यवस्थापन गरिएको शवबाट हराएको पैसाको थैली पनि फेला पारे।

सन्दिग्ध ती महिलाको घर खानतलाशी गर्दा प्रहरीले हालैका दिनमा प्रकाशित मृत्यु भएका सूचनाको खात फेला पार्‍यो।

त्यस्तै परिवारका सदस्यका लागि शवपेटिकासम्म पुग्न दिइएका कोड नम्बरहरू पनि फेला परे। ती महिलालाई सन् २०२२ मा अदालतमा उपस्थित गराइने भनिएको छ।