२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारिकालाई न्याय दिलाउन सरकारले भरमग्दुर प्रयास गर्छ: कानूनमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले भरमग्दुर प्रयास गर्ने बताउनुभएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानूनमन्त्री कोइरालाले अनशन स्थगित गर्न आग्रह गर्नुभयो । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन बस्नुभएको छ ।

वसन्तपुरमा एक सातादेखि आमरण अनशन बसेकी निहारिकाले यही साउन २७ गते राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।

कानूनमन्त्री कोइरालाले जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतसम्म जाने बाटो खुला भएको र उच्च अदालतले दुवै पक्षलाई बोलाएको अवस्थामा अनशन बस्नुको औचित्य नभएकाले अनशन स्थगित गर्न सरकारको पक्षबाट निहारिकालाई आग्रह गरिएको जानकारी दिनुभयो । निहारिकाको मागबारे सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।

भेटमा निहारिकाले सोचेर आफ्नो राय व्यक्त गर्ने बताउनुभएको छ । भेटमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले, जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा, प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीलगायतको सहभागिता थियो । रासस