५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा तालमेलसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई



अ+ अ-

काठमाडौंँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अन्य दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट गठबन्धन, तालमेल वा सहकार्यको निर्णय गर्ने एकल अधिकार लिङ्देनलाई दिएको हो ।

यसैगरी बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन समेत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।