११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

हिन्दूराष्ट्र मूल विषय बनाउन सबै पार्टीमा छलफलः शंकर भण्डारी

हिन्दूराष्ट्र मूल विषय बनाउन सबै पार्टीमा छलफलः शंकर भण्डारी
अ अ+ अ-

काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सबै पार्टीमा अहिले हिन्दुराष्ट्र मुल विषय बनाउनेबारे छलफल चलिरहेको बताएका छन् । उनले देश कुनैपनि बेला हिन्दू राष्ट्र हुने ठोकुवा गरे ।

भण्डारीले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भने,‘यो सनातन हिन्दुराज्य कांग्रेसको मात्र नभई सबैको सुनौलो भविष्य,पहिचान र परिचयको आधार हो । यस विषयलाई सबैले गम्भिर तरिकाले लिएर सोच्न पर्ने बेला आएको छ ।’

सुर्खेतदेखि पशुपतिनाथ मन्दिरसम्म ५११ कि. मि. खालि खुट्टा पदयात्रा गरेका हिन्दू अभियान नेपालका अभियन्ता झनक बहादुर बस्नेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले नेपाली कांग्रेसले पछिल्लो समय सिद्धान्त भुलेको टिप्पणी गरे । उनले भने,‘पार्टीले स्थापनाकालमा जुन विचार बोेकेर आएको थियो त्यो विचारलाई छाडेर पछिल्लो समयमा सहमती र सहकार्यको नाममा पार्टीको विचार भन्दा बाहिर जान परेको अवस्था छ ।’ उनले आफु पार्टीको सदस्य भएकै कारण पार्टीकै निर्णय मान्दै आएको र उल्लघन गर्न नमिल्ने बताए ।

नेता भण्डारीले हिन्दुराज्यलाई रुपान्तरण गर्न र मुल सान्दर्भिकतालाई समाप्त पार्न षड्यन्त्र भएकाले नै आज मुलुक अफ्ठेरो परिस्थितिमा गुज्रन परेको दाबी गरे ।
संविधान जारी समय स्मरण गराउँदै भण्डारीले पार्टीभित्र आफु लगायत केही सदस्यले धर्म निरपेक्षताको विषयमा असहमति राखेको बताए । उनले उक्त समयमा तत्कालीन ७५ वटै जिल्लामा जनमत लिइएको समेत स्मरण गराए । उनले भने,‘सबै संविधानसभाका सांसद जनमत लिन जिल्ला पुगेका थिए । त्यो आएको जनमतलाई अनादार गर्दा मुलुकमा आज संकट आइपर्यो । दस्तावेजका रुपमा संविधान जारी भयो र यो विषयलाई संविधानभित्र घुसाइयो ।’

भण्डारीले नेपाली कांग्रेसको मुल सिद्धान्त राष्ट्रियता भएको भन्दै पार्टीले राष्ट्रियता भित्र पर्ने, राष्ट्रियतासँग जोडिएको पहिचान हिन्दुधर्मलाई कांग्रेसले अस्वीकार गर्न नमिल्ने बताए । कांग्रेसका नेताहरुले लोभ र लालचाले यो सत्य कुराबारे बहस गर्न नखोजेको समेत उनले टिप्पणी गरे ।

अभियन्ता बस्नेतले गत साउन २ गते सोमबारदेखि सुर्खेतदेखि पशुपतिनाथ मन्दिरसम्म ५११ कि. मि. आफुले २५ दिनसम्म खालि खुट्टा पैदलयात्रा गरेर काठमाडौं आइपुगेको जानकारी दिए । उनले गत साउन २६ गते पशुपतिनाथ मन्दिर पुगेर यात्रा विसर्जन गरेको सुनाए ।