• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।

त्रिपाठी ओलीलाई भेट्न सोमबार उनको निवास बालकोट गएका थिए । भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे कुराकानी भएको बताइएको छ । नागरिकता विधेयक फिर्ता भएको विषयमा समेत ओली र त्रिपाठीबीच कुराकानी भएको स्रोतले बतायो ।

राजपा छाडेर स्वतन्त्र राजनीतिक समूह निर्माण गरेका त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा पनि सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । ओली सरकारको पालमा त्रिपाठी छोटो कार्यकालका लागि स्वास्थ्य तथा जनसंख्यमन्त्री बनेका थिए ।

समानुपातिक र प्रत्यक्ष निर्वाचनको वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने भएकाले गठबन्धन अनिवार्य भएको त्रिपाठीको भनाई छ ।