२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस समारोहमा



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आईतबार आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

काठमाडौं स्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको तथा पारस्परिक सहयोग निरन्तर वृद्धि भएको बताउनुभयो । उहाँले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको सराहना पनि गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले छ दशकभन्दा पुरानो पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य पाकिस्तान र नेपालले क्षेत्रीय चासोका साझा विषयमा सहकार्य गरिरहेको चर्चा गर्दै दक्षिण एशियाको आर्थिक उन्नयनका निम्ति क्षेत्रीय शान्ति अपरिहार्य भएको बताउनुभयो ।

वार्ता र संवादका माध्यमबाट सबै समस्याको निकास खोज्न पाकिस्तान तयार रहेको बताउँदै उहाँले दक्षिण एशियाको समृद्धिका निम्ति क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनका सभापति हिमालय शम्शेर जबराले ६१ वर्षदेखि सक्रिय सङ्गठनले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन सक्रियतापूर्वक काम गरिरहेको बताउँदै सरकारीस्तरका साथै जनस्तरमा समेत सुमधुर रहेको नेपाल–पाकिस्तान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी, उद्यमी, व्यवसायी, कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, कलाकार, साहित्यकार, वरिष्ठ सञ्चाकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । रासस