४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र टोटेनहमले अंक बाँडे



अ+ अ-

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्ग चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् । आइतबार राति भएको लण्डन डर्बीमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १९ औं मिनेटमा कालीडोउ कोउलीबालीले गोल गर्दै घरेलु मैदानमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा पिएरे एमील हज्व्जर्गले गोल गर्दै टोटेनहमलाई १–१ बराबरीको अवस्थामा ल्याए ।

७७ औं मिनेटमा रिकी जेम्सले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । खेल सकिनै लाग्दा इन्जुरी समयमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए ।

खेलमा दुवै टोलीका प्रशिक्षकबीच टेक्निकल बक्समा भनाभन हुँदा तनावको स्थिति सिर्जना भएको थियो । रेफ्रीले दुवैलाई पहेंलो कार्ड समेत देखाएका थिए ।

यस्तै, खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुनः भनाभन हुँदा मैदानमा तनावपूर्ण स्थिति बनेको थियो । दुवै टोलीका खेलाडी र अफिसियल समेत भनाभनमा जोडीन पुगेपछि अन्त्यमा रेफ्रीले दुवै प्रशिक्षकलाई रातो कार्ड देखाउन पुगे ।

यस बराबरीसँगै दुई खेलबाट ४ अंक जोडेको टोटेनहम तालिकाको चौंथो स्थानमा रहेको छ । समान अंकसाथ चेल्सी सातौं स्थानमा छ ।