१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र टोटेनहमले अंक बाँडे



अ+ अ-

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्ग चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् । आइतबार राति भएको लण्डन डर्बीमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १९ औं मिनेटमा कालीडोउ कोउलीबालीले गोल गर्दै घरेलु मैदानमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा पिएरे एमील हज्व्जर्गले गोल गर्दै टोटेनहमलाई १–१ बराबरीको अवस्थामा ल्याए ।

७७ औं मिनेटमा रिकी जेम्सले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । खेल सकिनै लाग्दा इन्जुरी समयमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए ।

खेलमा दुवै टोलीका प्रशिक्षकबीच टेक्निकल बक्समा भनाभन हुँदा तनावको स्थिति सिर्जना भएको थियो । रेफ्रीले दुवैलाई पहेंलो कार्ड समेत देखाएका थिए ।

यस्तै, खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुनः भनाभन हुँदा मैदानमा तनावपूर्ण स्थिति बनेको थियो । दुवै टोलीका खेलाडी र अफिसियल समेत भनाभनमा जोडीन पुगेपछि अन्त्यमा रेफ्रीले दुवै प्रशिक्षकलाई रातो कार्ड देखाउन पुगे ।

यस बराबरीसँगै दुई खेलबाट ४ अंक जोडेको टोटेनहम तालिकाको चौंथो स्थानमा रहेको छ । समान अंकसाथ चेल्सी सातौं स्थानमा छ ।