• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा एमालेको स्वागत



काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा स्वागत गरेको छ ।

एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गर्नु स्वागतयोग्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “बिवादास्पद नागरिकता बिधेयक पुन बिचारका लागि राष्ट्रपतिज्यू बाट फिर्ता पठाउनु अत्यन्त स्वागतयोग्य छ । एमालेले प्रतिनिधिशभाका ३३ वटा शंसोधन हालेर बैवाहीक अंगिकृत नागरिकताको हकमा सातबर्षे प्राबधान राख्न खोज्दा बहुमतको बलमा सत्तारुढदलले इन्कार गर्यो । अब राष्ट्राध्यक्षले नै पुन बिचार गर्न भनेपछि यसमा बहुमत अल्पमत भन्दा माथि उठेर सातवर्षे प्रावधान राखेर पास गर्न सत्तापक्ष तयार हुनुपर्छ ।”