६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी



अ+ अ-

काठमाडौं । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ। अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो। देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सर्वेक्षणको नतिजा मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो।

सर्वेक्षणले एक मात्रा खोप लिएकामध्ये ८० प्रतिशत र दुवै मात्रा खोप लिएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनेको देखाएको छ। यसको अर्थ नेपालमा प्रयोग गरिएको खोपको प्रभावकारिता राम्रो रहेको महाशाखाका प्रमुख डा। कृष्णप्रसाद पौडेलले बताए। ‘प्रारम्भिक सर्वेक्षणमा खोप लगाएकाहरूमा देखिएको एन्टिबडी सकारात्मक छ’, उनले भने।

विश्व स्वास्थ्य संगठनको सहयोगमा महाशाखाले असार २१ देखि साउन ३० भित्रमा प्राप्त नमुना समेटेर अध्ययन गरेको थियो। सर्वेक्षणमा १३ हजार ७ सय जनामा अध्ययन गर्ने लक्ष्य लिइएकोमा १३ हजार १ सय ६१ जनाको परिणामका आधारमा प्रारम्भिक नतिजा प्रकाशित गरेको पौडेलले बताए।

सर्वेक्षणमा सातै प्रदेशका हिमाल, तराई र पहाडी भेग, सबै लिंग र उमेरका नमुना समावेश गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रारिम्भक नतिजामा नेपालमा कोभिड १९ विरुद्ध ६९ प्रतिशतको हाराहारीमा एन्टिबडी बनेको देखिए पनि भाइरसको नयाँ भेरियन्ट आइरहने हुनाले एन्टिबडीको भरमा मात्र बस्न नहुने चिकित्सकहरूको सुझाव छ। 

पौडेलका अनुसार खोप लगाएका–नलगाएका सबै व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने र हातको सफाइमा ध्यान दिनेजस्ता सावधानी अपनाउन भुल्नुहुँदैन। यसका साथै कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गर्ने, संक्रमण पुष्टि भएमा बितेका सात दिनभित्र आफ्नो सम्पर्कमा आएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने जस्ता उपाय अपनाउन उनले आग्रह गरेका छन्।

संक्रमणदर १६.७ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर १६.७ प्रतिशत रहेको छ। त्यस अवधिमा परीक्षण भएका १० हजार २ सय ९७ नमुनामध्ये १३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर केही दिनअघिको तुलनामा ५ प्रतिशत घटेको तथ्यांकले औंल्याएको छ। थपसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको छ। 

अहिले देशभरिमा गरी ३५ हजार ७ सय ९६ जना सक्रिय संक्रमित छन्। तीमध्ये ३ हजार ५२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गत २४ घण्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या १० हजार ७ सय १४ पुगेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।