६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जवानीमा अपराध, बुढेसकालमा जेल



अ+ अ-

काठमाडौं । २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्यो। थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए। 

२०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो। जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो। २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर गर्यो। अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे। त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो। ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परे। ८७ वर्षको गलेको शरीर लिएर चौधरी जेल पुगेका छन्।

चाउरिएको अनुहार, खोपिल्टा परिसकेका गाला, गाडिएका आँखा र अधिकांश दाँत झरिसकेका चौधरीलाई सुताउन र उठाउनसमेत सहारा चाहिन्छ। तत्कालीन विराटनगर–४ (हाल विराटनगर महानगरपालिका) का धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो।

धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो। धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो। अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनाएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।