११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी
अ अ+ अ-

काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ ।

इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको बार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नु पर्ने, परिक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरि तत्काल कार्यन्यावन गरिनु पर्ने, चक्रवति हवि कलेजमा गरिएको चर्को मुल्यवृद्धि तत्काल फिर्ता गरि आवश्यक छानबिन गरिनुपर्ने लगायतका १५ वटामा नेविसंघले अघि सारेको छ ।

त्यस्तै, नेविसंघले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनु पर्ने, परिक्षा नतिजा ३ महिना भित्र प्रकाशन गरिसक्नु पर्ने, परिक्षा फाराम अनलाइन प्रणालीबाट भर्नेव्यवस्था मिलाइनु पर्ने, पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ पूर्वाञ्चल विश्वविद्यालयका कार्यबाहक अध्यक्ष विजय फुलाराले ४८ घण्टाभित्र युनिभर्सिटीले माग पुरा नगरे सबैसँग समन्वय गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले आन्दोलन व्यक्तिगत फाइदाको लागि नभई युनिर्भसिटीमा अध्ययनरत सबै विद्यार्थीको हितको लािग गरिरहेको बताए । उनले भने,‘यो आन्दोलन दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमा–बावु र भविष्य बनाउन आएका विद्यार्थीहरुको हितमा छ ।’

युनिभर्सिटीले हजारौ गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको उनको भनाई थियो । उक्त युनिभर्सिटी अन्तर्गत काठमाडौं उपत्यकामा हजारौ कलेज रहेको उल्लेख गर्दै लाखौ विद्यार्थीहरु ट्रान्सक्रिप्ट लिनकै लागि काठमाडौंबाट विराटनगर पुग्न पर्ने ठुलो समस्या रहेको बताए । यस भन्दा अघि पनि धेरै पटक आन्दोलन गरेको भन्दै प्रशासनले आजका दिनसम्म आफुहरुको मागबारे ध्यान नदिएको गुनासो पोखे ।

यसैगरी, केवाईसी कलेज नेविसंघका इकाई समितिका सदस्य भीमराज भण्डारीले सधै विश्वविद्यालयले एउटै कलेजमा परीक्षा केन्द्र राख्दै आएकोमा आपत्ति जनाए । उनले भने,‘यस्तो एउटा लज्जास्पद अवस्था छ पुर्वाञ्चल विश्वविद्यालयको ।’त्यस्तै, नतिजा प्रकाशन तीन महिनामै गर्न सकिने भएपनि निकै ढिलो गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको बताए ।

मोर्डन कलेजका इकाई सभापति सुनिल शाहीले विश्वविद्यालयले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिरहेको बताए । युनिभर्सिटीमा विद्यार्थीले भविष्यको सपना देखेर आएपनि विश्वविद्यालयले आफुहरुलाई सम्मान गर्न नसकेकोमा आपक्ति जनाए । उनले भने,‘हामीहरुले भोगेको समस्या अब आउने भाईबहिनीहरुले भोग्न नपरोस् भनेर माघ अघि सारेका छौ ।’

त्यस्तै, केसीसी कलेज नेविसंघ इकाई सभापति केशवराज जोशीले आफुले भविष्य देखेर पुर्वाञ्चल विश्वविद्यालय प्रवेश गरेपनि विश्वविद्यालयले विद्यार्थीहरुलाई अपहेलना गरेको बताए । उनले पुर्वाञ्चल विश्वविद्यालय ५ जना व्यक्तिले मात्र सञ्चालन गर्दै आएको उल्लेख गरे । ५ जनाले मात्र चलाउन नसक्ने ठोकुवा गर्दै विश्वविद्यालय सञ्चालन गर्न सिस्टम चाहिने उनको भनाई थियो ।

यसैगरी, नील बृद्ध कलेजका नेविसंघ इकाई सभापति यज्ञ खड्का हरेक दुर्गम स्थानका विद्यार्थीहरुले शिक्षामा पहुँच पाउन्पर्ने बताए । पुर्वाञ्चल युनिभर्सिटीले गरेको विद्यार्थीहरुप्रति अनादारविरुद्ध आफुहरु आन्दोलित भएको उनले स्पष्ट पारे । भट्टले विद्यार्थीले राखेका जायज माग विश्वविद्यालयका पदाधिकारीहरुले पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । कार्यक्रममा होप कलेजका नेविसंघ काउन्सिल सभापति विनोद शाही ठकुरीले पनि आफ्नो भनाई राखेका थिए ।