२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै संघीय सरकारविरुद्ध धर्ना बसेका छन् । संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै उनीहरु आइतबारदेखि धर्ना बसेका हुन् । मुख्यमन्त्री लालबहादुर राउतको नेतृत्वमा मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङ्गणभित्र उनीहरु धर्नामा बसेका हुन् । धर्नामा मुख्यमन्त्री राउतसागै भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा रहेका छन् ।

प्रदेश सरकारहरुले प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई आग्रह गर्दै आएका छन् । यस सम्बन्धमा मधेश प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट गरेर प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको थियो । प्रहरी समायोजन नगरे आन्दोलनको अल्टिमेटम दिएर ज्ञापनपत्र पठाउँदा समेत संघीय सरकारले ध्यान नदिएको भन्दै प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम आइतबारदेखि एक सातासम्म दैनिक दुई घण्टा हुनेछ । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले शनिबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । एक साताभित्र पनि प्रहरी समायोजन नभए अर्को चरणको कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।